काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई लाग्दैमा म आवद्धता मेरो पार्टी सदस्यता खारेज नहुने दाबी गरेकी छिन् । ४५ वर्ष अगाडि आफूले पार्टीको सदस्यता लिएको र मदन भण्डारीले शपथ गराएको उनले स्मरण गरेकी छन् ।
पत्रकार सम्मेलनमा सो धारणा राखेकी हुन् । ‘म अहिले पनि एमाले परिवारको सदस्य हुँ, ४५ वर्षअघि सदस्यता लिएकी हुँ,’ भण्डारीले भनिन्, ‘मदन भण्डारी कोशी–सगरमाथाको इचार्ज हुँदा मलाई शपथ गराउनु भएको हो । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न नसक्ने बताएकी छन् ।
भण्डारीले आफू राष्ट्रपति बन्दा पार्टी परित्याग नगरेको जिकिर गर्दै उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि विधिवत् सदस्यता नवीकरण गरेको बताइन् । राजनीति गर्न पाउने व्यक्तिको संवैधानिक अधिकारको कसैले पनि हनन् गर्न नपाउने उनले बताइन् ।

‘पार्टीको आफ्नो प्रक्रिया हुन्छ । हाम्रो पार्टी प्रणालीमा चल्छ । कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,’ उनले भनिन्, ‘३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ । पार्टीले निर्णय गरेर पठाएको हो । अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु । समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो।
यही साउन ६ गते बसेको नेकपा एमालेको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग साउन ४ गते पार्टी कार्यालयमा भएको भेटवार्ता सौहाद्रपूर्ण भएको भण्डारीले बताइन् । तर, सदस्यता खारेजी हुलहुज्जतपूर्ण ढंगले गरिएको उनले गुनासो गरिन् ।







