२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता


सगरमाथा अनलाइन

१२ श्रावण २०८२, सोमबार  

126
Shares

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका उर्मिला हायुको परिवारका १६ जना सदस्य सोमबार बिहानदेखि बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्थानीयवासीले हायुको परिवार सम्पर्कविहीन भएको जानकारी दिएपछि प्रहरीले खोजतलास सुरु गरेको हो । प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ भने घरमा रहेका कुखुरा, बाख्रा र भैंसी अलपत्र अवस्थामा भेटिएका छन् । “घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ,” एसपी सुवेदीले भने, “तर परिवारका कोही सदस्य घरमा छैनन् ।”

Sagarmatha

उनीहरूले हालसम्म कहाँ गएका हुन् भन्ने बारे जानकारी नभएको र स्थानीय जनप्रतिनिधि तथा गाउँलेसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : १७ बजे