८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एआईका लागि पानी खपत बढ्दा मानिसलाई हुनसक्छ अभाव


१२ श्रावण २०८२, सोमबार  

0
Shares

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशल इन्टेलिजेन्स ९एआई०को प्रयोग डरलाग्दो गतिमा बढिरहेको छ।

तर के तपाईँलाई थाहा छ, यो अत्यधिक पानी प्रयोग गर्ने प्रविधि हो नि। यसका लागि दुई चरणमा पानीको प्रयोग हुन्छ। एउटा चिसो बनाउन र अर्को प्रयोगका लागि चाहिने बिजुली उत्पादन गर्न।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वको आधा जनसङ्ख्याले अहिले नै पानीको अभाव सामना गरिरहेको छ। जलवायु परिवर्तन र यसको बढ्दो मागका कारण पानीको अभाव आगामी दिनमा अझै चर्कने ठानिएको छ।

Sagarmatha

के एआईको तीव्र गतिमा बढ्दो प्रयोगले अवस्था अझै विकराल बनाउन सक्छरु

एआईले कति पानी प्रयोग गर्छरु
ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन १५ चम्चा पानी खर्च गर्छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ११ : १७ बजे