२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

आलोकनगरमा समाजवादी मोर्चाको बैठक


१३ श्रावण २०८२, मंगलबार  

7
Shares

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरबाट सुरु भएको हो ।
सो बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पछिल्लो पटक मोर्चाको कार्यशैलीबाट असन्तुष्ट छन् ।

उनले मोर्चा नै विघटन गर्ने प्रस्ताव गरिसकेका छन् । यसबाट झस्किएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच पनि यस विषयमा पटकपटक छलफल गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ११ : ०२ बजे