८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रुसमा म्याग्निट्यूड ८।८ को भूकम्प


१४ श्रावण २०८२, बुधबार  

0
Shares

काठमाडौं । सको सुदूरपूर्वीय तटीय क्षेत्रनजिकै बुधवार बिहान ८।८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय ९यूएसजीएस०का अनुसार रुसको क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ ठूलो भएको यूएसजीएसले जनाएको छ।

रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो। विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो।
समाचारसंस्थाहरूका अनुसार अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्स र इन्डोनेशियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

Sagarmatha

जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ। त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ।

 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १० : ०४ बजे