२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


१५ श्रावण २०८२, बिहिबार  

0
Shares

कटारी । उदयपुरगढी गाउँपालिका(७ अँधेरीमा आज बिहान एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा सो ट्रकका चालक त्रियुगा नगरपालिका(४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई थप उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।

सो क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  ६ : ५३ बजे