८ असार २०८३, सोमबार | Mon Jun 22 2026

फेरि क्रान्ति आवश्यक : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीको षडयन्त्र रोक्न फेरि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीद स्मृति कार्यक्रममा बोल्दै उनले आफू अझै जीवित रहनु परेको कारण पनि अर्को क्रान्ति गर्ने संकल्प रहेको बताए । ‘‘हामी बल गर्दैछौं, एकताबद्ध भएर षडयन्त्रको प्रतिरोध गर्ने प्रयासमा छौं,’’ उनले भने ।

शान्ति प्रक्रियाका बाँकी काम अघि बढेको भए पनि त्यसमा चलखेल भइरहेको भन्दै उनले सतर्क रहन अपिल गरे । साथै, प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउन कुनै कानुनी अड्चन नभएको समेत स्पष्ट पारे ।

Sagarmatha

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ५ : ४८ बजे