७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कैलाली कारागारमा झडप हुँदा १ जनाको मृत्यु, ४७ घाइते



धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा १ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

घटनामा धनगढी-४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : ३२ बजे