७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेको थुनामै रहने अदालतको आदेश



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश आएको छ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार (साउन १९) लामिछानेलाई पुर्पक्षका लागि जेलमै राख्ने निर्णय गरेको हो। उनी बुटवलस्थित सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा संलग्न आरोपमा गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै पीडित बचतकर्ताको रकम फिर्ता दिलाउने प्रतिबद्धता प्रकट गरेका थिए। यसै क्रममा उनले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहित रिहाइको मागमा अदालतमा निवेदन दिएका थिए।

Sagarmatha

उनको निवेदन १० नम्बर इजलासमा परेको थियो। तर, न्यायाधीश सापकोटाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ मा दिएको थुनामै राख्ने आदेशलाई यथावत् राख्ने निर्णय गरे। सो आदेश सर्वोच्च अदालतले पनि पूर्वमा सदर गरिसकेको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : १३ बजे