७ असार २०८३, आइतबार | Mon Jun 22 2026

अन्तिम संस्कार चलचित्र अब अमेजन प्राइममा



काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र अन्तिम संस्कार अब विश्वव्यापी रूपमा अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलमा प्रदर्शन हुँदा औसत व्यापार गरे पनि, फिल्मले समीक्षकहरूबाट सकारात्मक प्रशंसा बटुलेको थियो।

यस चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, बिकाश अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल र धर्मानन्द आचार्यलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

शाहीले यसअघि निर्देशन गरेको 1915: लेजेन्ड अफ गोर्खाज पनि अमेजन प्राइममा उपलब्ध छ। अहिले उनी तेस्रो निर्देशन एक्लो को सम्पादन अन्तिम चरणमा पुर्‍याइरहेका छन्।

Sagarmatha

साई प्रोडक्सन नेपाल र ह्याम्साएर एकाउन्टेन्टको सहकार्यमा बनेको अन्तिम संस्कार का कार्यकारी निर्माता भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रबिन्द्र श्रेष्ठ हुन्। विनोद सुवेदी क्षितिजले निर्माण गरेको यस फिल्मको कथा सामाजिक–सांस्कृतिक पृष्ठभूमिमा आधारित छ, जसमा ‘मर्डर मिस्ट्रि’को पाटो पनि मिसाइएको छ।

चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् भने सम्पादन रुपेश गुरुङले सम्भालेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : २२ बजे