२४ माघ २०८२, शनिबार | Sun Feb 8 2026

जिल्लाले कुनै आधिकारिक कार्यक्रम तय गरेको छैन



सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले काठमाडौंमा कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाद्वारा जारी विज्ञप्तिमा पार्टीको स्वीकृति, नीति, विधि र विधान विपरीत सूचना जारी गर्ने केही व्यक्तिहरूको गतिविधि गम्भीर र ध्यानाकर्षणको विषय भएको उल्लेख छ ।

विज्ञप्तिमा कार्यकर्ताबीच अनावश्यक भ्रम सिर्जना गर्ने, गुटबन्दी र विवाद चर्काउने तथा पार्टी एकतालाई कमजोर पार्ने प्रयास भएको आरोप लगाइएको छ । पार्टीको आधिकारिक संरचना, निर्णय प्रक्रिया र संगठनात्मक नीतिलाई बेवास्ता गरी गरिएको कार्यको उद्देश्य नेतृत्वप्रति अविश्वास फैलाउने रहेको दाबी गरिएको छ ।

नेपाली कांग्रेस एकता, विचार, आदर्श र लोकतान्त्रिक आन्दोलनको प्रतीक भएको भन्दै पार्टी अनुशासन, सामाजिक एकता र नीतिगत स्पष्टता बलियो बनाउन सबैलाई आग्रह गरिएको छ । आवश्यक परे अनुशासनात्मक कारबाही हुने चेतावनी दिँदै लोकतन्त्र, संगठन र पार्टी अनुशासनप्रति प्रतिबद्ध रहन सबै कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गरिएको छ ।

प्रेस विज्ञप्ती

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ३५ बजे