काठमाडौं । बिबिसिबाट सार, संयुक्त राज्य अमेरिकाको एउटा सङ्घीय पुनरावेदन अदालतले नेपालसहित तीन देशका नागरिकको हकमा अस्थायी संरक्षित अवस्था (टेम्पररी प्रोटेक्टेड स्टेटस वा टीपीएस) कम्तीमा अहिलेका लागि अन्त्य गर्ने बाटो खुला गरिदिएको छ।
अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजका अनुसार बुधवार अदालतको यो आदेशसँगै नेपाल, निकारागुआ र होन्डुरसका ६०,००० जनाभन्दा बढी व्यक्तिलाई निष्काशन गर्ने मार्ग प्रशस्त भएको छ। गत महिना मात्र एउटा तल्लो अदालतले ती तीन देशको हकमा नोभेम्बर महिनाको मध्यसम्मका लागि टीपीएस खारेज गर्ने डिपार्टमन्ट अफ होमल्याड सेक्यूरिटीको कदममाथि रोक लगाएको थियो। त्यतिबेला जातीय पूर्वाग्रहबाट प्रेरितू भई ती तीनवटा देशको हकमा ट्रम्प प्रशासनले टीपीएस खारेज गरेको भनी निवेदकको दाबीप्रति न्यायाधीश सहमत भएका थिए। तर बुधवार नाइन्थ सर्किटका लागि यूएस सर्किट कोर्ट अफ अपील्सले तल्लो अदालतको आदेशलाई रोकिदिएको छ।







