७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

हैजा प्रभावित बिरामीको उपचारमा अभाव हुन दिँदैनौं : स्वास्थ्यमन्त्री पौडेल


९ भाद्र २०८२, सोमबार  

0
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् ।

सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुमगनका लागि पुगेका मन्त्री पौडेलले सो बताएका हुन् ।

मन्त्री पौडेलले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताए ।

यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्ने समय भएको भन्दै उनले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोग गर्न आह्वान गरे ।

उनले भने, ‘बिरामीको स्वास्थ्य परीक्षणका लागि प्राइभेट अस्पताललाई पनि किट उपलब्ध गराउँछौं । सरकारले अन्य औषधि पनि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून शुल्क लिएर बिरामीलाई सुविधा दिने अवस्था आउँछ भने हामी छलफल गर्न तयार छौं । निजी अस्पतालहरूले पनि अहिले मानवीयतालाई ख्याल गरेर सहयोग गर्नुपर्ने अवस्था हो ।’

निजी अस्पतालहरूले पनि यही समाजमा सेवा पुर्‍याइरहेको भन्दै उनले सरकार तिरमात्रै ताकेर होइन कि निजी क्षेत्रको तर्फबाट पनि सहयोग गरी समाजमा योगदान गर्ने बेला भएको बताए ।

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ११ : ४२ बजे