काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटघाट गररका छन् । सिंहदरबार स्थित मन्त्रालयमा भएको सो भेटमा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९ल्भउब ित्चबमभ एचभाभचभलअभ एचयनचबm–ल्त्एए० मार्फत ७७ वस्तुको लागि शून्य भन्सार सुविधा भए तापनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको बताए । अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवेदनशील रहेको विषयलाई महत्त्व दिनुपर्ने बताए । उहाँले आगामी सन् २०२६ मा हुने अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागत सम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्ट लगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्ने गरी विस्तारका लागि अनुरोध गरे।
सो सम्बन्धमा राजदूत थोम्पसनले व्यापार तथा लगानी प्रवर्द्धनका सम्बन्धमा नेपालका चासोलाई केही अघिको वासिङ्टन भ्रमणको क्रममा समेत सम्बन्धित निकायसँग छलफलमा राखेको उल्लेख गरे ।
नेपाल संयुक्त राज्य अमेरिका टिफा काउन्सिलका यस अघिका बैठकका सहमति कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने विषय भएकोले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याए। उहाँले पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै विद्यमान अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास व्यक्त गरे । नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अमेरिकाको पेटेन्ट तथा ट्रेडमार्क कार्यालय ९ग्क्एत्इ० बिच सन् २०२४ मा हस्ताक्षर भएको समझदारी पत्रको कार्यान्वयनबाट बौद्धिक सम्पत्तिका क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवर्द्धन हुने अपेक्षा राख्दै नेपालले अन्तर्राष्ट्रिय सम्झौता र प्रावधान बमोजिम हुने गरी बौद्धिक सम्पत्ति सम्बन्धी नयाँ कानुन तर्जुमाको क्रममा रहेको जानकारी गराए । सो सम्बन्धमा राजदूत थोम्पसनले नेपालमा अनुमानयोग्य र सुधारिएको लगानी वातावरण कायम हुँदा अमेरिकी लगानीकर्ता लगानी वृद्धिमा इच्छुक रहेको उल्लेख गर्दै बौद्धिक सम्पत्तिको क्षेत्रमा सहकार्य र सहयोगको लागि अमेरिका तयार रहेको जानकारी गराए ।
भेटघाटको क्रममा उठान भएका विषयलाई वासिङ्टनसम्म पु–याउने राजदूत थोम्पसनले प्रतिबद्धता गरेका छन् । दुई मुलुकबिच व्यापार तथा लगानी प्रवर्द्धन सम्बन्धी विषयमा मन्त्रालय र दूतावासबिच निरन्तर छलफल र सम्पर्क कायम रहने सम्बन्धमा मन्त्री भण्डारी र राजदूत थोम्पसनले साझा धारणा व्यक्त गरेका छन् ।
११ भाद्र २०८२, बुधबार
0
Shares







