२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

राष्ट्रपति सीसँग लगातार दोस्रो पटक भेट हुँदा खुशी छु : प्रधानमन्त्री


१४ भाद्र २०८२, शनिबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी व्यक्त गरेका छन् ।

शांघाई सहयोग संगठन ९एससीओ० सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी सँगको द्विपक्षीय भेटप्रति खुशी व्यक्त गरेका हुन् । राष्ट्रपति सी सँगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

भेटपछि सामाजिक सञ्जालमा एक्समा लेख्दै प्रधानमन्त्रीले नेपाल(चीनबीचको द्विपक्षीय सहयोग र सहकार्य प्रगतिको समिक्षा गरिएको उल्लेख गरेका छन् । साथै आपसी सहकार्य अझ बढाउनेबारे सहमति भएको उनले बताए । उनले भनेका छन्, ‘दुई वर्षमा लगातार दोस्रो पटक राष्ट्रपति सी सँग भेटेर फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको छ । हामीले विभिन्न विषयमा भएको प्रगतिलाई समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्य अझ प्रगाढ बनाउन सहमति जनायौं ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निम्त्याएको पनि धन्यवाद दिएका छन् ।

एससीओ सम्मेलन उत्तरीको चीनको तियान्जिनमा भोलि सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले एससीओ प्लस शिखर सम्मेलनमा पर्सी सम्बोधन गर्नेछन् ।

 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १२ : २५ बजे