७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

निजामती विधेयक विधायन समितिबाट पास


१७ भाद्र २०८२, मंगलबार  

0
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । बिहान आठ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।

सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।  समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ०६ बजे