२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

एभरेष्ट बैंकको सीईओमा पुनः सुदेश नियुक्त


२२ भाद्र २०८२, आइतबार  

0
Shares

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । हाल सीईओ नै रहेका खालिङलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो । कम्पनी सचिव सुरेश चापागाईँका अनुसार आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले सुदेश खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खालिङको हालको चार वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदै छ । उनलाई कार्यकाल सहिएको भोलीपल्ट अर्थात् असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : ५४ बजे