१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

बारबरा फाउन्डेसन र ‘हामी नेपाल’ संस्थासँग सम्बन्ध छैन :डा .सन्दुक रुइत


२९ भाद्र २०८२, आइतबार  

42
Shares

काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।

कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले जनाएको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा। सन्दुक रुइतले आग्रह गरेका छन् ।

उनले गत एक वर्षदेखि हामी नेपाल नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारे । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानी लगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ९ : १२ बजे