३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

यूकेमा रेलभित्र कैयौँ यात्रीलाई छुरा


१६ कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । पूर्वी इङ्गल्यान्डमा एक रेलमा कैयौँयात्रीलाई छुरा प्रहार भएको घटनापछि ब्रिटिश प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेसनमा यात्रुहरूले चालक दललाई सचेत गराएपछि रेललाई आपत्कालीन रूपमा रोक्दै प्रहरी बोलाइएको थियो।

प्रत्यक्षदर्शीहरूले सो घटनाबारे बताउने क्रममा रगतले लतपतिएका पीडितहरू ठूलो चक्कु बोकेको मानिसबाट बच्न भागिरहेको र केही यात्रुहरू शौचालयमा लुकेको बताएका छन्।

Sagarmatha

प्रहरीले १० जनालाई अस्पताल पुर्‍याइएको बताउँदै तीमध्ये नौ जनालाई ज्यान जोखिममा पार्ने चोट लागेको उल्लेख छ।

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले त्यसलाई भयानक घटना भनेका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ७ : २३ बजे