२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बालेनविरुद्ध साइबर ब्युरोमा युवा संघको उजुरी


२० कार्तिक २०८२, बिहिबार  

0
Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध उजुरी लिएर एमाले निकट युवा संघ साइबर ब्युरो पुगेको छ ।

युवा संघका नेता(कार्यकर्ताले शाहविरुद्ध उजुरी लिएर आएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नविन्द अर्यालले बताए । यद्यपि उजुरी दर्ताको प्रक्रियामै छ ।

मेयर शाहले गत शनिबार मध्यरात आपत्तिजनक शब्दसहित फेसबुकमा स्टाटस लेखेका थिए । केहीबेरमै उनले उक्त स्टाटस हटाएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ११ : ५५ बजे