७ असार २०८३, आइतबार | Sun Jun 21 2026

संघ र सातै प्रदेश सभाका सांसदका ८७५ स्वकीय सचिव खारेज


२१ कार्तिक २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज भएको छ।

खर्च कटौती अन्तर्गत सरकारले सांसदहरूले पाउँदै आएको सुविधा खारेज गरेको हो। तर, यो निर्णयप्रति संघीय संसद् र सातै प्रदेश सभाका पदाधिकारी असन्तुष्ट देखिएका छन्। संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा छ। राष्ट्रियसभा ५९ सदस्यीय छ। प्रतिनिधिसभा २७५ सदस्यीय छ। दुवै सभाको गरेर ३३४ सांसद रहेका छन्। सात वटै प्रदेशमा सांसदहरूको संख्या ५५० छ।

संघ र सातै प्रदेशका सभाका सदस्यहरूको कूल संख्या ८८४ छ। यसमध्ये सरकारले सात प्रदेशका सात जना सभामुख र प्रतिनिधिसभाका सभामुखका साथै राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवको सुविधा खोसेको छैन। यो संख्या घटाउँदा ८७५ जना सांसदको स्वकीय सचिवको सुविधा खारेज भएको छभलै सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूको सर्वदलीय निर्णय गरेर प्रदेश सभा सदस्यको स्वकीय सचिवको सुसवधा नरोक्ने भनेका छन्। तर, उक्त निर्णयले कानुनी मान्यता पाउने वा नवाउने निर्क्योल छैन।

Sagarmatha

यता, संघ र सातवटै प्रदेश सभाका पदाधिकारीले सरकारमाथि दबाब बढाउने नीति लिएका छन्। यो विषयमा यही कात्तिक १८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर संघीय संसद्का पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए।

त्यसदिन स्वकीय सचिव खारेजको निर्णयको विरोध गर्दै निर्णय सच्याउनेगरी दबाब दिन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : १७ बजे