२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मन्त्रिपरिषद् निर्णयस् प्रसारणलाइन दायाँ(बायाँ रुख रोप्न निषेध


२५ कार्तिक २०८२, मंगलबार  

0
Shares

काठमाडौं। सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन्। एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिव १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउनेगरी निषेध गर्ने निर्णय भएको उनले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : २७ बजे