२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

जसपा छाडेका यादवलाई कम्युनिस्ट पार्टीमा प्वेश


११ मंसिर २०८२, बिहिबार  

0
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई पार्टी प्रवेश गराए ।

यादवले बिहीबार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनी जसपाको मधेश प्रदेश अध्यक्ष थिए । नेकपामा उनको जिम्मेवारी खुलाइएको छैन । बिहीबार जसपाका राजेन्द्र श्रेष्ठसहितका नेता समेत नेकपामा समाहित भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ९ : ५६ बजे