६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

सौराहा घुम्न आएकी एक किशोरीको होटलको झया्लबाट खसेर मृत्यु


१८ मंसिर २०८२, बिहिबार  

0
Shares

चितवन । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् ।

सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं। ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकी थिइन् । उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११स्४५ बजे मृत घोषणा गरेका थिए । शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ४ : ५४ बजे