६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

संकट समाधान गर्न नेतृत्व हस्तान्तरण गर्छौं : गोकर्ण विष्ट


२४ मंसिर २०८२, बुधबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भनेर भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाउनुभएको छ ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधवार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताएका छन् र। तर पार्टीभित्र प्रतिस्पर्धा गर्दा ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको उनको भनाइ छ ।

संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने बताउँदै संकटको पछाडिको कारण के हो रु यसको पछाडिको मुख्य जिम्मेवारी कसको छ रु भन्ने समीक्षा गर्न आवश्यक रहेको उनले बताए ।

‘हामीले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्छौं, हामी पार्टीभित्र अमर्यादित ढंगले प्रतिस्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्दा संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित चाहेका छैनन् कि भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजिदैछ, संकटले परिवर्तन ल्याउने हो,’ विष्टले भने, ‘संकटले नयाँ नेतृत्व निर्माण गर्ने हो । संकटले चुनौतीलाई सामना गर्ने तागत पैदा गर्ने हो । यसकारण कहि देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो रु यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ रु यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ । यो संकटको सामना गर्नको लागी हामीले नेतृत्व रुपान्तरण गर्छौं या हस्तान्तरण गर्छौं ।’

कुनै अमुक व्यक्ति शक्तिशाली नभएर सामुहिक नेतृत्व आजको समयको माग रहेको उनको भनाइ छ ।

देशभरबाट आएका प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने पनि दाबी गरे ।

‘देशभरबाट आउनुभएका प्रतिनिधि साथीहरू सार्वभौम हुनुहुन्छ, उहाँहरूले पार्टी भित्रको परिस्थितिलाई यथास्थितिमा कायम राख्नको लागि उहाँहरू आउनुभएको छैन । उहाँहरूले देशका चुनौतीहरूलाई सम्बोधन गर्नेगरी, आम जनताको अपेक्षा पूरा गर्नेगरी र संविधानमा जुन प्रकारको संकट देखापरिरहेको छ, यसलाई फेरि संवैधानिक संकटलाई समाधान गरेर खासगरि निवार्चनको माध्यामबाट, जनताको जनादेशको माध्यमबाट संविधानलाई लिगमा ल्याएर मुलकको लोकतन्त्रलाई जोगाउने, संविधानलाई जोगाउने, उपलब्धीलाई जोगाउने र नेकपा एमालेलाई समृद्ध बनाउने, एमालेलाई अग्रनी पार्टीको रुपमा स्थापित गर्नेगरि यो महाधिवेशनले भूमिका खेल्नेछ,’ उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ३० बजे