६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

एमाले पार्टीको ११ औं महाधिवेशन बन्द सत्र सुरु


२८ मंसिर २०८२, आइतबार  

0
Shares

काठमाडौं । नेकपा एमालेको ११‌औं महाधिवेशनको बन्द सत्र अध्यक्ष मण्डल नबनाई नै सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गरेका छन् । केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र सुरु गरेका हुन् ।

यसअघिको सचिवालय बैठकले पनि अध्यक्ष मण्डल नबनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ४६ बजे