४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

विजयी पाँच उपाध्यक्षहरुमध्ये धेरै मत पृथ्वीसुब्बा गुरुङ


३ पुस २०८२, बिहिबार  

28
Shares

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनले १७३७ मत प्राप्त गरेका छन् ।

उनीपछि विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् । त्यस्तै रामबहादुर थापा ‘बादल’ले १५१६ मत ल्याउँदा, गोकर्णराज विष्टले १३६८ मत प्राप्त गरे । अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल भने पराजित भएका छन् । उनी पराजित हुँदा रघुजी पन्त भने निर्वाचित भएका छन् । बरालले ११३७ मत ल्याउँदा पन्तले १२५८ मत ल्याएका छन् । एमालेमा यसपटक विधान संशोधन गरेर ५ जना उपाध्यक्ष कायम गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : १८ बजे