४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

रास्वपाले झण्डा जलाइदिएपछि एमालेले भन्यो:अपरिपक्वताको पराकाष्ठा


८ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । रास्वपाले अपरिपक्वताको पराकाष्ठा देखाएको आरोप एमालेले लगाएको छ । दाङमा विहीबार राति रास्वपा समर्थकहरुले झण्डा जलाइदिएपछि एमालेले सो आरोप लगाएको हो ।

रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए । सो कार्यलाई एमालेले ‘आस्था र भावनामाथिको प्रहार’ भनेको छ ।

आज एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकास्ठा मात्र हो ।’

उनले अगाडि भनेका छन्, ‘लोकतान्त्रिक प्रतिस्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आलोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुन्छ, अराजक प्रदर्शनबाट होइन । प्रियतावादले तत्काल केही राहत र सहानुभूति त प्राप्त गर्न सकिएला तर त्यसको अन्त्य अत्यन्त दर्दनाक एवं दुस्खद हुनेछ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : २५ बजे