२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

परराष्ट्रमन्त्रीसँग चीन र मालदिभ्सका राजदूतको भेट


१३ फाल्गुन २०८२, बुधबार  

0
Shares

काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल(चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबारै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइसात अजिमाले पनि शिष्टाचार भेट गरेका थिए । यस अवसरमा द्विदेशीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : १२ बजे