७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मृत्यु भएका मतदाताको नाम दुरुपयोग नहोस् निर्वाचन आयोग


१३ फाल्गुन २०८२, बुधबार  

0
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ । आयोगका अनुसार यस्तो जिज्ञासा आयोगले स्थापना गरेको कल सेन्टरमा आउने गरेको छ ।

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निस्शुल्क टोल(फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

एक जनता मतदाताले कल गरेर सोधेका छन्, ‘मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुनसक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ

Sagarmatha

जवाफमा आयोगले भनेको छ, ‘मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरूको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ । सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहन्छ । यस्तो अवस्थामा निजहरूको नामको दुरुपयोग नहोस् भन्ने कुरामा आयोग सचेत छ ।’

आयोगका अनुसार मतदाताको सजिलै पहिचान गर्न हरेक मतदान केन्द्रमा मतदाताहरूको फोटोसहितको रंगिन मतदाता नामावली पठाइएको छ । त्यहाँ खटिएका कर्मचारीले उक्त मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी यकिन गरेर मात्र मतदानको लागि मतपत्र उपलब्ध गराउँछन् ।

मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीहरूले हुनसक्ने अवाञ्छित गतिविधिको निगरानी गरी तत्काल नियन्त्रण गर्दछन् भने मतदान प्रतिनिधिहरूले समेत मान्छे पहिचान गरेर विरोध गर्ने गर्दछन् । यस तरिकाले काम गर्दा आशंका गरेजस्तो मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नामको दुरुपयोग दुरुपयोग हुने सम्भावना नरहेको आयोगको जवाफ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : २४ बजे