२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

टर्किस एयरको विमानमा आगलागीः यसरी बचाइयो ४ बच्चासहित २७७ यात्रु



काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ ।

विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण -क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए ।

विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ । इस्तानबुलबाट काठमाडौं आएको त्प्७२६ विमानमा आज बिहान पौने ७ बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ९ : ५० बजे