काठमाडौं । जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन ।
कति बढ्यो भिसा शुल्क ?
जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्याइने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
त्यस्तै, मल्टिपल-इन्ट्री भिसाका हालको शुल्क ६,००० येनबाट बढाएर ३०,००० येन बनाइनेछ।
यो नयाँ शुल्क जुलाई १ वा त्यसपछि पेस गरिएका आवेदनहरूमा लागू हुनेछ।








