२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

५ देखि १३ प्रतिशतसम्म महँगिदै बिजुली



काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट मार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) शुक्रबारदेखि लागु हुने भएको छ ।

नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइड सेयरिङमा भ्याट लाग्न सुरु हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

आर्थिक विधेयकमा विद्युत्‌का अन्तिम उपभोक्तालाई ५ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था छ । आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै ५ प्रतिशत भ्याट लाग्ने विभागका निर्देशक पौडेल बताउँछन् । त्यसबाहेक सबै किसिमका उपभोक्ताले १३ प्रतिशतकै दरले भ्याट तिर्नुपर्ने उनले बताए ।

Sagarmatha

आर्थिक ऐनमा भएको व्यवस्था अनुसार कार्यविधि बनाएर विभागले अन्तिम उपभोक्ता भनेको के हो भन्ने परिभाषित गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : १६ बजे