१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

प्रधानमन्त्री बालेन्न्द्र शाह भ्रमणमा


७ मंसिर २०८३, आइतबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमण जाने क्रममा सरकारका दुई वरिष्ठ मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ताले विमानस्थल सुरक्षा प्रोटोकल गम्भीर उल्लंघन गरेका छन् ।

प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलको प्रवेश निषेधित क्षेत्रमा र्‍याम्प ज्याकेटविना पुगेर उनीहरूले सुरक्षा प्रोटोकल उल्लंघन गरेका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमण क्रममा बिदाइमा पुगेका रास्वपा प्रवक्ता जगदीश खरेल, गृहमन्त्री सुदन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जहाज पार्किङ गरिएको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना उभिएको देखिएको छ, जुन एयरसाइड प्रोटोकल उल्लंघन भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । बिदाइमा पुगेका श्रेष्ठ त कार्यवाहक प्रधानमन्त्री समेत हुन् ।

Sagarmatha

जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्‍याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्‍याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनै पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।

‘चाहे भीआईपी होस्, वा सामान्य, यो नियम सबैले पालना गर्नुपर्छ, यसअघि नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारी यसैगरी र्‍याम्प ज्याकेटविना एप्रोन क्षेत्रमा पुग्दा उनलाई कारबाही गरिएको थियो,’ प्राधिकरणका ती अधिकारीले भने, ‘त्यहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले एक रुपैयाँ जरिबाना गरेपछि नेपाल एयरलाइन्सबाट अधिकारीको ‘एकाउन्टेबल म्यानेजर’ पद नै गएको थियो ।’

विमानस्थलको र्‍याम्प एरियामा पुग्दा प्राधिकरण र एयरलाइन्स कर्मचारीले पनि हाई भिजिबिलिटी रिफ्लेक्टिभ सेफ्टी ज्याकेट (जसलाई र्‍याम्प ज्याकेट भनिन्छ) लगाएका हुन्छन् । यात्रुहरू सोही क्षेत्र पुग्दा सुरक्षा जाँच पार गरिसकेका हुन्छन्, उनीहरूको साथमा बोर्डिङ पास पनि हुन्छ । क्रु मेम्बरको आफ्ना पोसाक हुनुका साथै उनीहरू पनि सुरक्षा जाँच पार गरेरै गएका हुन्छन् ।

त्यसबाहेक अन्यका हकमा भने पास र ज्याकेट अनिवार्य गरिएको छ । त्यो जहाजहरू चलिरहने क्षेत्र भएकाले परैबाट उनीहरूलाई देखियोस् भनेर यस्तो नियम बनाइएको पनि ती अधिकारीले बताए ।

तर, २४ फागुन २०७९ मा र्‍याम्प ज्याकेट नलगाइ एप्रोन क्षेत्रमा पुगेको र त्यो काम हवाई सुरक्षा उल्लंघन भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका महाप्रबन्धक अधिकारीलाई कारबाही गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८३, आइतबार  ४ : १६ बजे