छुट्टाछुट्टै स्थानमा दुईजनाको शव फेला

Facebook Debugger

मोरङ, १५ भदौ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार दुईजनाको शव फेला परेको छ । जिल्लाको केरौन–७ स्थित नहरमा सोही गाविस–८ घर भएका ४५ वर्षीय इन्द्रबहादुर बिष्टको शव डुबेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।

मादकपदार्थ सेवन गर्ने गरेका बिष्टको लास नहरमा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

यस्तै, मोरङको पथरी–शनिश्चरे नगरपालिकामा पनि एक वृद्ध व्यक्तिको बेवारिसे लास फेला परेको छ । पथरी–शनिश्चरे–१ मा अन्दाजी ७०–७५ वर्षीय वृद्धको लास फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

स्थानीयवासीले वृद्धको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सोही ठाउँमा मागी हिँड्ने वृद्ध व्यक्ति भएको बताइएको छ । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार