२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

खनालद्वारा तेइसवटा योजना जिविसमा पेस


४ मंसिर २०७३, शनिबार  

0
Shares

इलाम, ४ मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं– १ का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पेस गर्नुभएको छ ।

आर्थिक वर्ष ०७३÷७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरेअनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचत सांसदका लागि रु तीन करोडका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद खनालले बजेट कार्यान्वयनका निम्ति २३ वटा योजना पेस गर्नुभएको हो ।

पेस गरिएका योजनामध्ये फिक्कल– पञ्चकन्या– कन्याम चक्रपथ निर्माणका लागि रु ४० लाखको योजना पेस गर्नुभएको छ ।
यसैगरी इरौटारको विद्युतीकरण, जिर्मले विद्युतीतकरण सलकपुर १, २, ३ नं तथा कुवापानी लामिटार ८ र ९ नंम्बरका लागि रु २०÷२० लाखको योजना जिल्ला विकास समिति इलाममा पेस गर्नुभएको छ ।

कोलबुङ शङ्खर निमाबिबाट– ७ नम्बर जोड्ने सडक, छब्बिसे–छिरुवा–उत्तरे खोला श्रीअन्तु सडक मर्मत र गोदकको सार्वजनिक भवन निर्माणका लागि रु १५÷१५ लाखको योजना पेस गर्नुभएको हो ।

सांसद खनालले पेस गर्नुभएको अन्य अधिकांश योजनामा सडक स्तरोन्नति तथा मर्मत रहेका छन् ।

त्यसमध्ये सुनपा– १० मा बसपार्क निर्माणका लागि रु १० लाख र पशुपतिनगर– ४ मा सामुदायिक भवन निर्माणका लागि रु १० लाखको योजना पेस गर्नुभएको छ ।

यसभन्दा अघि क्षेत्र नं– २ का सांसद सुवासचन्द्र नेम्वाङले उक्त क्षेत्रका लागि २४ वटा योजना जिविसमा पेस गरिसक्नुभएको छ । क्षेत्र नं– ३ का सांसद केशव थापाले मात्र तीन
रु करोडको योजना पेस गर्न बाँकिरहेको जिविसले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७३, शनिबार  ७ : ०९ बजे