२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

खाद्यान्न माग गर्दै ज्ञापनपत्र


६ मंसिर २०७३, सोमबार  

0
Shares

हुम्ला, ६ मङ्सिर । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेगका नौ गाविसका प्रतिनिधिले गत वर्ष आफूले पाउनुपर्ने ३१ क्विन्टल चामल प्राप्त नभएको गुनासो गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिएका छन् ।

मुगुको सिमानामा पर्ने दक्षिणी भेगका ती जनताले गत वर्ष सो कार्यक्रमअन्तर्गत बङ्गलादेशबाट प्राप्त हुनुपर्ने चामल पाएका थिएनन् । गत वर्ष उनीहरुले चार क्विन्टल ३१ केजी चामल मात्रै पाएको बताइएको छ ।

ती जनताले केहीबेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

Sagarmatha

रोडीकोट–४ का कृषक रामबहादुर ऐडी नेतृत्वको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रजिअ डा कृष्णबहादुर घिमिरेले खाद्यान्न ढुवानीका लागि गृह र आपूर्ति मन्त्रालयमा आजै जिप्रकाले पत्राचार गरेको जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७३, सोमबार  ११ : ३२ बजे