९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

गलेश्वरमा पितृ उद्धारका लागि शतबीज छर्नेको घुइँचो


१३ मंसिर २०७३, सोमबार  

14
Shares

बेनी (म्याग्दी), १३ मङ्सिर । मङ्सिर कृष्ण चतुर्दशीका अवसरमा आज बिहानैदेखि म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि झक्तजनको घुइँचो लागेको छ ।

बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।

द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजाराँै भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७३, सोमबार  ३ : २६ बजे