११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

राष्ट्रिय महिला आयोग विधेयकमाथि छलफल


१४ मंसिर २०७३, मंगलबार  

0
Shares

काठमाडौँ, १४ मङ्सिर । व्यवस्थापिका– संसद्को आजको बैठकमा ‘राष्ट्रिय महिला आयोग विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भयो ।

यसअघि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीका तर्फबाट कानुनमन्त्री, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशङ्कर नायकले महिलालाई अधिकार सम्पन्न र सशक्त बनाउने दिशामा विधेयकले मार्ग प्रशस्त गरेको बताउनुभयो ।

छलफलमा भाग लिने सांसद्हरुले महिला अधिकारको रक्षाका लागि ठोस काम हुन नसकेको बताउनुभयो । महिला आयोगलाई अधिकार र बजेट सम्पन्न बनाउनु पर्ने सुझाव पनि उहाँहरुले दिनुभएको थियो ।

छलफलमा जयन्तीकुमारी राई, गीता राणा, मीना पुन, श्रीमाया थकाली, गरिमा शाह, प्रेम सुवाल, ममता गिरी, गीता रावल, श्यामकुमार श्रेष्ठ, पेम्बा लामा, रत्नादेवी गुरुङ, केदारप्रसाद सञ्जेल, सुशीला नेपाल, अनिता देवकोटा, रामेश्वर फुयाँलले भाग लिनुभएको थियो ।

यसैगरी, बैठकले उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रस्तुत गर्नुभएको कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि पारित गरेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७३, मंगलबार  ११ : २९ बजे