लहान, १६ मङ्सिर । सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्ँिटदा ट्रयाक्टरका चालक र सहचालकको मृत्यु भएको छ ।
बालुवा पु¥याएर फर्किने क्रममा स १ त १३७२ नंको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा अचानक पल्ँिटदा चेपिएर ट्रयाक्टर चालक लहान नगरपालिका–२२ निवासी अन्दाजी ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
ट्रयाक्टरले किचेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको र मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमास्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
