काठमाडौँ, १६ मङ्सिर । संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न सत्तासाझेदार प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।
आज बिहान ९ बजेदेखि जारी बैठकमा सरकारले मङ्गलबार संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव र आगामी स्थानीय निर्वाचन गर्नका लागि सहमति जुटाउन छलफल जारी रहेको छ ।
बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी हुनुहुन्छ । बैठक जारी छ ।
