राँगादीप काठमाडौं समाजले साँस्कृति कार्यक्रम गर्दै

0 Shares

काठमाडौं, १५ भदौ । राँगादीप काठमाडौं समाजले यूवाहरुको एकतालाई कायम गर्न साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । राकासको दोस्रो वार्षिक साधारण सभाको अवसरमा समाजले काठमाडौंमा साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
Add Sagarmatha Onlineविश्व मानव समाजले फड्को मारिरहेको बेला नेपाली समाज अभैm अगाडि बढ्न नसकिरहेको बेला समाजले साँस्कृति कार्यक्रम मार्पmत यूवाहरुलाई सामाजिक एकता र उत्तरदायित्व बोध गराउने उद्देश्यका साथ साँस्कृति कार्यक्रम गर्न लागेको समाजका सचिव महेशकुमार राईले बताए ।
समाजले स्थापना भएको छोटो समयमै भूकम्प पीडित सहयोग कार्यक्रम, देउसी भैलो कार्यक्रम, वनभोज, रक्तदान कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको समाजका सचिव राईले बताए । समाजको कार्यक्रममा उपस्थित भएर सहयोग गर्न सबैलाई अपिल गरिएको छ । समाजको साँस्कृतिक कार्यक्रम भदौ २५ गते शनिवार चावहिल काठमाडौंको एवान पार्टी प्यालेसमा हुने सचिव राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार