४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

छाडा गाईबस्तु तथा भुस्याहा कुकुर व्यवस्थापन गर्न माग


१७ मंसिर २०७३, शुक्रबार  

0
Shares

काठमाडौँ, १७ मङ्सिर । उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्चाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ ।

गाउँघर तथा सहरका चोक, गल्ली र मूलसडक एवम् चौबाटोमा छाडा गाई, साँढे र साना बहरले आश्रय लिँदै आएका छन् । छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको पाइएको योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषद्ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परिषद्का अनुसार पाँच हजारभन्दा बढी भुस्याहा कुकुर र दुई हजारभन्दा अधिक बेवारिसे छाडा गाई, साँढे तथा साना बहर सडकमा छन् तर, तिनले खान र बस्न नपाउँदा कमजोर भइ दुर्घटनामा समेत पर्ने गरेका छन् ।
छाडा चौपायाको व्यवस्था मिलाउन चौतर्फी आवाज उठेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार  ८ : ४९ बजे