४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

डा अग्रवाल डिन नियुक्त


१८ मंसिर २०७३, शनिबार  

0
Shares

काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ ।

उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो । आजैदेखि लागू हुने गरी उहाँको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

डा अग्रवालको नियुक्तिसँगै चिकित्सा शास्त्रका विसङ्गति अन्त्यको माग गर्दै विगत २० दिनदेखि अनशनरत डा गोविन्द केसीका मागमध्येको एउटा माग पूरा भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७३, शनिबार  ११ : ०३ बजे