४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

बन्दका क्रममा मोटरसाइकल तोडफोड


१८ मंसिर २०७३, शनिबार  

0
Shares

तम्घास (गुल्मी), १८ मङ्सिर । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन आज आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् ।

पाँच नं प्रदेश टुक्राउने गरी सरकाले संसद्मा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सङ्घ सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी सङ्घ सङ्गठनले आज पनि जिल्लामा विरोध प्रदर्शन गरिराखेका छन् ।

संयुक्त आन्दोलन सङ्घर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी साधन ठप्प भएका छन् । यातायातका सवारी साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवतजावत गर्न निकै समस्या परेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७३, शनिबार  ११ : ०८ बजे