बनेपा, १९ मङ्सिर । काभ्रेपलाञ्चोकमा झन्डै चार महिनाको ठूलो रस्साकसीपछि अन्ततः १३ स्थानीय तहको सिफारिस भएको छ ।
स्थानीय तह पुनःसंरचना प्रविधिक सहयोग समिति, काभ्रेपलाञ्चोकले गरेको सिफारिस स्थानीय निकाय पुनः संरचनाउसम्बन्धी आयोगले जनसङख्याको मापदण्ड पूरा नभएको भन्दै फिर्ता गरेपछि छ नगरपालिका र सात गाउँपालिका हुने गरी स्थानीय तह सिफारिस गरिएको स्थानीय विकास अधिकारी टेकराज निरौलाले जानकारी दिनुभयो ।