२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

भूकम्प प्रभावित जिल्लामा दूरसञ्चार प्रविधिको सहज पहुँचका लागि निर्देशन


२१ मंसिर २०७३, मंगलबार  

7
Shares

काठमाडौँ, २१ मङ्सिर । सूचना तथा सञ्चार मन्त्रालयले भूकम्प प्रभावित १४ जिल्लामा दूरसञ्चार प्रविधिको सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र सहज पहुँचका लागि दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकासहित ती जिल्लामा दूरसञ्चार सेवा प्रदायकसँग समन्वय गरी अप्टिकल फाइबर, माइक्रोवेभ, वाइम्याक्स वा अन्य उपयुक्त प्रविधिबाट जोडाउन र उक्त क्षेत्रमा सूचना प्रविधिमा आधारित सेवा प्रवाह प्रारम्भ गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार दूरसञ्चार ऐन, २०५३ तथा नियमावलीबमोजिम राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णय समेतका आधारमा त्यस्तो निर्देशन दिइएको हो ।

Sagarmatha

यसैगरी, अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ पहिलो संशोधनका लागि सहमति लिन कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पठाइएको र आम सञ्चार प्राधिकरणको ऐनको मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७३, मंगलबार  १२ : १६ बजे