२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

पूर्वीय दर्शन नै ‘शान्ति दर्शन’


२३ मंसिर २०७३, बिहिबार  

0
Shares

काठमाडौँ, २३ मङ्सिर । मुलुकमा दिगो शान्ति स्थापनाका लागि धार्मिक समूहको महत्वपूर्ण भूमिका हुनेमा विभिन्न धर्मगुरुले जोड दिनुभएको छ ।

अन्तर्धार्मिक परिषद्ले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले विभिन्न धर्मगुरुले आध्यात्मिक दर्शनका माध्यमबाट समाजमा शान्ति तथा सद्भाव कायम गर्नुपर्ने बताउनुभयो ।

नेपाली बाबाले अहिंसा नै परम धर्म भएको मान्यता राख्ने पूर्वीय दर्शन ‘शान्ति दर्शन’ भएकाले यसलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।

Sagarmatha

प्राध्यापक डा सुरेन्द्र केसीले मुलुकमा द्वन्द्व रुपान्तरण भएको एक दशक पूरा भएपनि अझै नागरिकले शान्तिको अनुभूति गर्न नसकेको अवस्थामा धार्मिक शिक्षाको महत्वलाई प्रचार गरी समाजलाई नैतिकवान् बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य केवी रोकायाले नेपालको पहिचान भनेको हिन्दू राष्ट्र, राजसंस्था र नेपाली सेना भएको विचार व्यक्त गर्दै धार्मिक समूहले यी तीन मान्यतालाई सकारात्मक रुपमा बुझाउन जरुरी रहेको बताउनुभयो ।

अन्तर्धार्मिक परिषद्का अध्यक्ष केशवप्रसाद चौलागाईंले नेपाली समाजमा गरिबीविरुद्ध पहिचानका लागि द्वन्द्व हुने गरेको बताउँदै यसको न्यूनीकरणका लागि नैतिक शिक्षाको खाँचो रहेको र धार्मिक दर्शनले मानिसलाई नैतिक बनाउने विचार व्यक्त गर्नुभयो ।

इस्लाम धर्मगुरु नजरुल हुसेन, बौद्ध दर्शनका ज्ञाता भिक्षु पियादर्शी लगायतले सबै धर्मले आदर्श समाज निर्माणका लागि परिकल्पना गरेको बताउँदै त्यसको आधार शान्ति र सहअस्तित्व रहेको बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०७३, बिहिबार  ५ : ३२ बजे