२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

तिलोत्तमा व्यापार मेला सुरु


२३ मंसिर २०७३, बिहिबार  

0
Shares

तिलोत्तमा (रुपन्देही), २३ मङ्सिर । ‘राष्ट्रिय विकासका आधार कृषि पर्यटन, उद्योग र व्यापार’ नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव आजदेखि सुरु भएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको सो मेलाको रक्षा मन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभयो । तिलोत्तमा नगरपालिकाको मङ्गलापुरमा सुरु भएको मेलामा बोल्दै खाँणले स्थानीयस्तरमा हुने मेला, महत्वसले आर्थिक गतिविधिमा तीव्रता दिनुका साथै स्थानीय उत्पादनले बजार पाउने बताउनुभयो । उहाँले मेलाको स्थायी संरचना नहँुदा लाखौँ रुपयाँ खर्च हुने भएकाले स्थायी संरचना बनाउनका लागि आफूले पहल गर्ने बताउनुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधि भण्डारीले मेलाको पाँच लाख दर्शकले अवलोकन गर्ने र रु पाँच करोड बराबरको कारोबार हुने बताउनुभयो । उक्त मेलामा स्वदेशी उत्पादन कम्पनी तथा विदेशी गरी एक सयभन्दा बढी कक्ष रहेका छन् ।

Sagarmatha

प्रकाशित मिति : २३ मंसिर २०७३, बिहिबार  १० : ४५ बजे