२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बहिरा बालबालिकालाई न्यानो लुगा


२६ मंसिर २०७३, आइतबार  

7
Shares

जुम्ला, २६ मङ्सिर । चन्दननाथ नगरपालिकास्तरीय बाल सञ्जाल जुम्लाले यहाँको एक विद्यालयमा अध्ययनरत बहिरा बालबालिकालाई रु ३० हजार बराबरको न्यानो लुगा वितरण गरेको छ ।

सञ्जालले कर्णाली मावि अनामनगर विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत १६ केटी र १७ केटालाई न्यानो लुगा वितरण गरेको हो । लक्षित वर्ग कार्यक्रम अन्तर्गत प्राप्त बजेटबाट उनीहरुलाई न्यानो लुगा वितरण गरिएको सञ्जालका अध्यक्ष ईश्वर खत्रीले जानकारी दिनुभयो ।
माविका अध्यक्ष जगनाथ उपाध्यायले सञ्जालद्वारा नमुना र पुण्य काम भएको जनाउँदै धन्यवाद व्यक्त गर्नुभयो । चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले लक्षित वर्गको रकम सही ठाउँमा प्रयोग गरिएकामा सञ्जालका पदाधिकारीको प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : २६ मंसिर २०७३, आइतबार  ९ : २३ बजे